बिर्तामोड । गायक राजेश पायल राईले एक जना व्यक्तिलाई ‘ब्याक किक’ हानेको भन्दै आज एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोको सन्दर्भमा विभिन्न कोणबाट प्रतिक्रिया आइरहेका छन् ।

भिडियोमा गायक राईले ब्याक किक हानेका व्यक्ति हुन्, झापाका राकेश दर्नाल । उनलाई पूर्वमा राकेश कमेडी भनेर चिनिन्छ । झापा अर्जुनधारा घर भएका राकेश सबै खाले सांगीतिक कार्यक्रमहरुमा अनिवार्यजसो देखिन्छन् । यो भिडियो सार्वजनिक भएपछि राकेशलाई सोधिएको छ, यो भिडियो कहिलेको हो ? जवाफमा उनले भने – ‘यो भिडियो डेढ वर्षअघिको हो । इलाममा भएको कार्यक्रममा म पनि सहभागी भएको थिए । भिडियोमा राजेश दाईको पछाडिको व्यक्ति मै हुँ ।’ उनले यो भिडियोलाई गलत रुपमा नबुझिदिन आग्रह समेत गरेका छन् । ट्राक छैन भन्ने सूचना दिन गएको थिए, उनले भने – दाई झुक्किएर खुट्टा चलाउदा मलाई लागेको थियो । लात्ती हानेको होइन ।
कला संगितको क्षेत्रमा सक्रिय राकेश स्थानीय देखि केन्द्रसम्मका कलाकारसम्म पहुँच राख्छन् । सबै नेपाली कलाकारहरुले चिन्ने अनुहार हो, राकेश कमेडि । सानैदेखि कार्यक्रमहरुमा देखिने उनी पूर्व नेपालका कार्यक्रमहरु देखिन्छन् । केहि नेपाली चलचित्रमा समेत देखिएका उनी प्रायः कार्यक्रमहरुमा भेटिन्छन् ।







प्रतिक्रिया