Banner news

मृत फेला परेकी महिला माया मगर भएको पुष्टि, अनुसन्धानमा कुकुरको प्रयोग गर्ने

मृत फेला परेकी महिला माया मगर भएको पुष्टि, अनुसन्धानमा कुकुरको प्रयोग गर्ने


बिर्तामोड । झापाको अर्जुनधारा –६ महानन्द चोक पश्चिम व्याडमिन्टन कोर्ट नजिकै एक महिला मृत फेला परेकी छन् । उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

उनको टाउकोमा ढुङ्गाले हिर्काए जस्तो देखिएको छ । प्रहरीका अनुसार घटना शंकास्पद भएकाले अनुसन्धानका लागि प्रदेशको टोली कुकुर सहित बिर्तामोड आउदैछ ।

बिर्तामोड प्रहरीका अनुसार घटनास्थललाई सुरक्षित राखिएको छ । आज विहान फेला परेको शव बिर्तामोड ५ बस्दै आएकी माया मगरको भएको खुलेको छ । ५० वर्षीय महिलाको टाउकोमा चोट देखिएको प्रहरीको भनाई छ । घटना रहस्यमय भएकाले अनुसन्धानका लागि टोली आउने बिर्तामोडका डिएसपी सुरज कार्कीले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares