Banner news

एमालेबाट सरकारमा सचिव महासेठले नेतृत्व गर्ने

एमालेबाट सरकारमा सचिव महासेठले नेतृत्व गर्ने


काठमाडौं- नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ। नयाँ सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो।

एमालेले ८ मन्त्रालय पाउनेछ। एमालेबाट सरकारको नेतृत्व पार्टी सचिव रघुवीर महासेठले गर्नुहुने भएको छ। जसमा एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित महासेठलाई सरकारको नेतृत्व गरेर पठाउने भएको छ।

पदम गिरीले मन्त्री पदको शपथ लिइसक्नु भएको छ।  उहाँले स्वास्थ्य मन्त्रालय पाउने सम्भावना छ। अब दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री बन्दै हुनुहुन्छ।

शेयर गर्नुहोस :

0
Shares