Banner news

‘बिर्तामोड कृषिमा उत्कृष्ट बन्नेछ’

‘बिर्तामोड कृषिमा उत्कृष्ट बन्नेछ’


सिता ढुङ्गाना
सदस्य – आर्थिक विकास समिति, बिर्तामोड नगरपालिका

म दुई वर्षदेखी किसानको घरघरमा पुगेको छु । किसानको खेतबारीमा अनुगमनको क्रममा पुगें । आर्थिक समितिको सदस्यको हैसियतले अनुगमनमा पुग्दा किसानले असाध्यै धेरै मेहनत गरेको पाएको छु । बिर्तामोडमा किसानको मेहनत धेरै नै छ ।

किसानले मेहनत गरे अनुसार उत्पादन पनि गरिरहनु भएको छ । अनुगमनमा जाँदा किसानले धेरै किसिमका मागहरु गर्नुहुन्छ । स्थानीय स्रोत साधन अनुसार किसानलाई सहयोग गर्ने काम गरिरहेका छौं । तर, किसानले मागे जति सहयोग अझै पनि गर्न सकिएको छैन । आगामी दिनहरुमा सकेसम्म सहयोग गर्ने योजना छ । हामीलाई पनि उहाँहरुको मेहनत अनुसार सहयोग गर्ने इच्छा छ ।

किसानका माग अनुसार बजेट र कार्यक्रम बनाउदै आएका छौं । अझ, राम्रो बनाउनका लागि नयाँ र राम्रा कार्यक्रम बनाउने सोच छ । बिर्तामोडलाई कृषिमा उत्कृष्ट नगर बनाउने योजना बनाएका छौं । किसानको मेहनत र लगनशिलताले उत्कृष्ट बन्न सक्छौं भन्ने विश्वास छ । – बिर्तामोड सेरोफेरोबाट

यसअघि प्रकाशित सामग्रीहरु – 

व्यवसायिक तरकारी उत्पादनमा सफल बन्यो बिर्तामोड 

‘बिर्तामोडलाई पुग्ने तरकारी फलाउन सक्षम छौ’

 

शेयर गर्नुहोस :

0
Shares