Banner news

चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा

चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा


काठमाडौं । नेपाल शिक्षक महासंघले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरेको छ । शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन चार दिनदेखि आन्दोलनरत महासंघले अब शैक्षिक हड्ताल घोषणा गरेको हो ।

देशभरका सबै विद्यालय बन्द गरेर काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन महासंघले आह्वान गरेको छ । यो अवधिमा एसईईका उत्तर पुस्तिका समेत परीक्षण नहुने भएकाले नतिजा प्रकाशनमा समेत असर पर्नेछ ।

पठनपाठन, उत्तर पुस्तिका परीक्षण र नतिजा प्रकाशनलगायत सबै काम रोक्न महासंघले आह्वान गरेको छ ।

शेयर गर्नुहोस :

135
Shares