मुख्य समाचार

नाउपाका संरक्षक रेशम चौधरी पक्राउ

नाउपाका संरक्षक रेशम चौधरी पक्राउ


काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । उनलाई त्यहीँबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्‍याएका हुन् ।  टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।

५ वर्ष ३ महिनाको जेल सजाय भुक्तान गरेपछि उनी रिहा भएका थिए । तर, उनको रिहाईको भोलिपल्टै टीकापुर घटनासँग सम्बन्धित पीडित शारदा कडायतले उनका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । निवेदक कडायत उक्त घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहोराकी पत्नी हुन् । उक्त रिटउपर सुनुवाइ सकिएको छैन ।

शेयर गर्नुहोस :

378
Shares