शनिश्चरे । जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहले वनक्षेत्र भित्र रहेको खाली जमिनमा मंगलबारदेखि ३ दिवसीय वृक्षरोपण कार्यक्रम शुरु गरेको छ ।

वन उपभोक्ता समूहको आयोजनामा मानव, वन्यजन्तु सह–अस्तित्वको लागि वृक्षरोपण कार्यक्रम गरिएको हो । समूहका अध्यक्ष मोहन श्रेष्ठको सभापतित्व रहेको कार्यक्रममा सहभागीहरुले बाँस, केराको विरुवाहरु रोपेर थालनी गरेका थिए ।
सो कार्यक्रममा मानव–हात्ती सहअस्तित्व अर्जुनधाराका नगर अध्यक्ष ढुण्डीराज गौतम , संस्थापक कोषाध्यक्ष भोलानाथ बराल ,सामुदायिक वन उपभोक्ता महासंघ अर्जुनधाराका भानु श्रेष्ठ, आयोजक सहसचिव सोमनाथ चापागाईं, सदस्य नरेन्द्र ओझा ,अस्थायी प्रहरी पोष्ट खुदुनाबारीका प्रमुख नम्भु माझी ,सशस्त्र प्रहरी बेस क्याम्पका सई एकराज श्रेष्ठ, वरिष्ठ हवल्दार मनराज गुरुङ, वन विभागका कर्मचारी धनपति अधिकारी र उपभोक्ताहरु लगायत १५० जनाको सहभागिता रहेको समूहका उपाध्यक्ष लक्ष्मीराम शर्मा तिम्सिनाले जानकारी दिए । उनका अनुसार १५ गते सम्पन्न कार्यक्रममा रोपणका लागि चाहिने बाँस र केराको ५००० विरुवा उपभोक्ताहरुको घर–घरबाट उपलब्ध भइसकेको छ ।
गत जेठ ३१ गते मानव तथा हात्तीको आहारका लागि केरा, चिउरी, बर्रा ,अमला ,बाँस को ५०० विरुवाहरु रोपिएको थियो । जुकेखाडी सामुदायिक वन क्षेत्रको जमिन ७४८.५० हेक्टर रहेको बताइएको छ ।
वन्यजन्तु संरक्षणका लागि आ.व. ०८१-८२ को वृक्षरोपण कार्यक्रम अनुसार बाँस तथा फलफुलका विरुवाहरु रोपिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।







प्रतिक्रिया