Banner news

‘अहिलेसम्म टोल भेलामा थियौं, अब मतदाताका घरघर पस्छौं’

‘अहिलेसम्म टोल भेलामा थियौं, अब मतदाताका घरघर पस्छौं’


लिला ढुंगेल दाहाल अखिल नेपाल महिला संघकी झापा जिल्ला अध्यक्ष हुन् । उनी नेकपा एमालेकी एक शसक्त नेतृ हुन् । एमालेको राजनीतिमा धैर्यतापूर्वक भूमिका निर्वाह गरिरहेकी दाहाल दमकको समाज,राजनीति र महिला आन्दोलनमा चिनिएको नेता हुन् । राजनीतिका सिंडी नछुटाइ उक्लिरहेकी दाहाल सम्भावनायुक्त नेताको रुपमा उदाइरहेकी छिन् । उनै दाहालसँग आसन्न निर्वाचनका बारेमा गरिएको कुराकानीको अंश ।

अखिल नेपाल महिला संघ झापाले चुनावको तयारी कसरी गरिरहेको छ ?
– देशलाई जसरी फागुन २१ को निर्वाचन लागेको छ । झापालाई पनि त्यसैगरी चुनावको चटारो लागेको छ । झापालाई जसरी चुनावी चटारो छ,नेकपा एमालेलाई त्यस्तै चटारो छ । एमालेलाई जुन रुपमा चुनाव लागेको छ । अनेम संद्धलाई त्यसैगरी चुनाव लागेको छ । त्यसैले हामीले चुनावी तयारीको नीतिगत र सैद्धान्तिक सबै काम सकेका छौं । हामीले जिल्ला कमिटीको बैठकबाट १५ वटै पालिकाका कमिटीका बैठक गर्न भनेका थियौं । ति काम सकिए । वडा कमिटीका बैठकहरु सकिए । महिलाहरुका टोल भेला पनि अब सकिने क्रममा छन् । अनेम संघमा समेटिएका करिब २० हजार महिलाहरु अहिले चुनावी प्रचारका लागि तैनाथ अवस्थामा हुनुहुन्छ ।

तपाईंको पार्टीले महिलालाई उम्मेद्वारचाँही बनाएन । प्रचारमा चाँही लगायो हैन ?
– त्यस्तो होइन । एमालेले महिललाई उम्मेद्वार बनाएन भन्ने कुरा गलत हो । बागुलङकी मञ्जु चालिसे,धनुषाकी जुली महतो,बाराकी ज्याला साह पुरुष हुन् ? हाम्रो पार्टी संविधान र कानुन मान्ने पार्टी हो । संसदमा ३३ प्रतिशत महिला पुर्याउनु पर्ने संवैधानिक प्रावधानलाई पार्टीले शिरोधार्य गर्दछ । प्रत्यक्षमा समेटिन नसकेका महिला नेताहरु समानुपातिकबाट संसदमाा प्रवेश गर्नुहुन्छ । तपाईंले झापामा पनि देख्नुहुन्छ नि मेनुका काफ्ले नर्वदा पाठक,विना साहहरु समानुपातिकको अग्र सुचीमा हुनुहुन्छ । त्यसैले एमालेले महिलालाई उम्मेद्वार बनाएन भन्ने प्रश्नै गलत छ ।

तपाईं झापा ५ कै बासिन्दा । यो क्षेत्रबाट अध्यक्ष केपी शर्मा ओली प्रतिष्पर्धा गर्दैहुनुहुन्छ । एमालेको अवस्था के कस्तो छ ?

– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशको एउटा राजनीतिक आइकन हो । लामो समय देखि उहाँकै भिजनमा देश चलिरहेको छ । उहाँको राष्ट्रवादी अडान,चीनसँगको पारवाहन सम्झौता,विकासको नयाँ परिभाषा र मेघा प्रोजेक्टहरुको सुरुवातले उहाँको परिचय मात्र हैन विश्व मानचित्रमा नेपालको पनि पोजिसन बदलिएको कुरा यहाँलाई थाहा नै छ । नेपाल सार्वभौम देश हो । कुनै पनि देशको भूगोल सानो ठुलो हुन सक्छ तर राष्ट्रियता सानो ठुलो हुदैन भनेर अडान दिने नेता केपी ओली हो । यही मान्यतामा रहेर २०७२ सालमा भारतले लगाएको नाकाबन्दीको सामना गर्ने साहस ओलीले दिनुभएको हो । यस्तो नेतालाई हाम्रो क्षेत्रको रुपमा प्रतिनिधी पाउनु गौरवको कुरा हो ।

यी सबै कुराले केपी ओलीप्रति आम मतदाताको धारणा सकारात्मक छ । केपी ओलीले यस क्षेत्रमा गरेको भौतिक विकासका काम । सडक,पुल,विद्यालय,क्याम्पस,विजनेस टावर,औद्योगिक पार्कको पूर्वाधार आदिले ओलीलाई यस क्षेत्रमा बलियो बनाएको छ । आम मतदाताका माझ उहाँ लोकप्रिय नेता हो । अर्कातिर यो क्षेत्रमा नेकपा एमालेको जग ओलीले बनाउनुभएको हो । उहाँले बनाएको नेकपा एमालेको जगको घर यहाँ बलियो छ । त्यसैले हामीले विगतका निर्वाचनमा देखि नै फराकिलो मतान्तरले जितिरहेका छौं ।

निर्वाचन परिचालनमा महिलाहरु कसरी खटिरहेका छन् ?
ड्ड निर्वाचन प्रचारका लागि एमाले पार्टी नै मैदानमा छ । त्यसैले अनेम संघ यो मैदान भन्दा बाहिर हुने कुरै भएन । त्यसैले हामी खटिरहेका छौं । प्रत्येक वडा र टोल भेला बोलाएर महिलाहरुलाई घर दैलोमा जान सुरु गर्नुभएको छ । महिलाहरुले घरको काम,बालबच्चा,सासु ससुरा स्याहारेर पनि समय निकाले निर्वाचन प्रचारमा छौं । टोल टोलका भेटघाटबाट हामी अब घरभित्र पस्दैछौं । दमकका वडा नं ८,९,१० र ५ मा घरभित्र प्रवेश गर्ने अभियान सुरु भइसकेको छ । कतिपय सहरी क्षेत्रमा दिउसो घरमा मानिसहरु भेट नहुने,आफ्ना पेशा,व्यावसामा जाने हुने भएकोले हामी अब बिहानै घर घरै जाँदैछौं ।

महिलाहरु के भन्छन् त ?
– यस क्षेत्रमा झण्डै ८० हजार महिला मतदाता छन् । उनीहरुले विगतमा पनि केपी शर्मा ओली नै अत्याधिक मत दिएका हुन् । यसपाली पनि दिने छन् । महिलाहरुले केपी शर्मा ओलीलाई नै मत दिने कारणहरु पनि छन् । जस्तै ज्येष्ठ नागरिक आमाहरुले बृद्धभत्ता मासिक ४हजार रुपैंया केपी शर्मा ओली नै दिनुभएको हो । यो पैसाले उहाँहरुको गुजारा चलेको छ ।

युवा र शिक्षित महिलाहरुले नेपालको महिला आन्दोलनमा उहाँको भूमिका देख्नु भएको छ । नेपालमा प्रथम महिला राष्ट्रपति कसले बनायो ? पहिलो महिला सभामुख कसले बनायो ? प्रथम प्रधानन्यायधिस कसले बनायो ? प्रथम महिला मुख्यसचिव कसले बनायो ? यी सबै एतिहासिका काम केपी शर्मा ओली नै बनाउनु भएको हो । महिला शसक्तीकरणका लागि ओलीको यो कदमको जनजनमा मनमनमा बसेको छ । त्यसैले नेपाली महिलाको समृद्धि र शसक्तिकरणका लागि केपी ओलीको भूमिकालाई उच्च मूल्यांकन गर्दै महिलाहरुले केपी शर्मा ओलीलाई मतदान गर्नेछन् ।

शेयर गर्नुहोस :

1.7k
Shares