अर्जुनधारा

अर्जुनधारामा अपाङ्गता भएका व्यक्तिहरुलाई सामग्री वितरण

अर्जुनधारामा अपाङ्गता भएका व्यक्तिहरुलाई सामग्री वितरण


शनिश्चरे । अर्जुनधारा नगरपालिका –८ स्थित प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाले स्थापना दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुलाई सामग्री वितरण गरेको छ ।

संस्थाद्वारा शनिवार आयोजित २३ औं वार्षिकोत्सब कार्यक्रममा नगर क्षेत्रभित्र रहने अपाङ्गता भएकालाई सामाग्री वितरण गरिएको हो । संस्थाका डिल्ली बहादुर घोर्साइँको सभापतित्व र अक्षयकोष दाता युवराज प्रसाईको प्रमुख आतिथ्यतामा जशोदा सुनुवार ,मञ्जु भुजेल , रोहित सार्की ,सन्तोष राजवंशी ,प्राश्ना बस्नेत ,भवानी शंकर थपलिया ,बिष्णु कार्की ,युवराज खनाल ,पुनम कटुवाल ,आकाश पोखरेल ,जीवन प्रसाद सापकोटा ,चिन्ता कुमारी गिरी,यमुना गरागाँई ,रनमाया नाल्बो, पालमु गोले तामाङ र नमिता कठेतलाई सामग्री प्रदान गरिएको थियोे ।


उक्त सामाग्रीहरुको मुल्य धेरै नभएता पनि सद्भाव , मित्रता एवं प्रेमसाथ शुभकामना आदानप्रदान गर्दै सामाग्री वितरण गरिएको संस्थाकी व्यवस्थापक तुलसा कुँवरले जानकारी दिइन् । उनी अनुसार स्थानीय युवराज प्रसाईबाट आफ्नो पिता स्व. कपिलमणि प्रसाईको स्मृतिमा अपाङ्ग संरक्षण कोषमा यस अघि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरिएको छ ।

सो अवसरमा कोषका लागि सहनशील महिला बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक पम्फा विश्वकर्माले नगद ५ हजार रुपैयाँ सहयोग गरिन् । व्यवस्थापक कँवरले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाईले अपाङ्ग र सपाङ्गबीच आपसी मित्रता कायम रहोस् भन्दै शुभकामना व्यक्त गरे । झापा जिल्ला भरि धेरै सहकारी संस्थाहरु खोलिएको छ ।

मानवीय सेवाको भावना राखी नगर क्षेत्रभित्र छरिएर रहेका अपाङ्ग भएका व्यक्तिहरुलाई केही गर्नुपर्छ भन्ने अवधारणा लिएर स्थापना गरिएको एक मात्र यस संस्था प्रज्वला भएको उनले बताए । अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले केही सेवा–सुविधाको ग्यारेन्टी गर्नु पर्छ , यस्तो उनको माग थियोे । कार्यक्रममा विशेष अतिथि राम बुढाथोकी ,दाता तथा संस्थापक अध्यक्ष दिपेन्द्र काफ्ले , दाता पदम बहादुर मगर , दाता पम्फा विश्वकर्मा, गाउँबेसी प्रस्तोता चतुर्भज काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष रञ्जना कार्कीले राखेकी थिइन् । वि .स. २०५८ साल फागुन २ गते संस्था स्थापना भएको थियोे ।

हरेक वर्षको फागुन २ गते ( प्रेम दिवसका दिन ) वार्षिकोत्सब मनाउँदै आएको सदस्य हरिप्रसाद चिमरियाले जानकारी दिए ।

शेयर गर्नुहोस :

270
Shares