आर्थिक

सुनको भाउ तोलामा पाँच हजार ४०० रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा पाँच हजार ४०० रुपैयाँले बढ्यो


काठमाण्डौ – आज बुधबार सुनचाँदीको भाउ बढेको छ ।

सुन आज एकैदिन तोलामा ५ हजार ४०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन तोलाको दुई लाख ९१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेर तोलाको दुई लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी पनि आज तोलामा ११० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको चार हजार ४८० रुपैयाँ पुगेको छ । यसअघि हिजो चाँदी तोलाको चार हजार ३७० रुपैयाँ रहेको थियो ।

शेयर गर्नुहोस :

54
Shares