आर्थिक

एकैदिन तोलामा ९ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

एकैदिन तोलामा ९ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु. नौ हजार ३०० र चाँदीको मूल्य रु. २६० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. तीन लाख १३ हजार ४०० कायम भएको छ ।  असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ८५५ निर्धारण भएको छ ।

हिजो छापावाल सुन प्रतितोला रु. तीन लाख चार हजार १०० र असली चाँदी प्रतितोला रु. चार हजार ५९५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

शेयर गर्नुहोस :

0
Shares