आर्थिक

सुनको मूल्य एकैदिन ८ हजार ८०० रुपैयाँले घट्यो

सुनको मूल्य एकैदिन ८ हजार ८०० रुपैयाँले घट्यो


काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ ।

सुनको मूल्य प्रतितोला ८ हजार ८०० र चाँदीको मूल्य  रु १८५ ले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९७ हजार ३०० र  चाँदीको मूल्य रु चार हजार ५८० कायम भएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार १०० र चाँदीको मूल्य रु चार हजार ७६५ थियो ।

शेयर गर्नुहोस :

0
Shares