मुख्य समाचार

माई नगरपालिकाद्वारा २० लाख ७५ हजार सहयोग

माई नगरपालिकाद्वारा २० लाख ७५ हजार सहयोग


बिर्तामोड । भोटेकोशी र त्रिसुली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै माई नगरपालिकाले २० लाख ७५ हजार सहयोग गरेको छ । प्राकृतिक विपत्तिको घडीमा मानवीय संवेदनासहित माई नगरपालिको उक्त सहयोग गरेको हो ।

गत भदौ ११ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णय बमोजिम बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत र पुनस्र्थापनाका लागि नगरपालिकाको तर्फबाट रु. १० लाख सहित कूल रु. २० लाख ७५ हजार उपलब्ध गराइएको छ ।

नगरका जनप्रतिनिधिहरूबाट १५ दिन बराबरको सेवासुविधा, कर्मचारी तथा शिक्षक वर्गको तर्फबाट २ दिन बराबरको पारिश्रमिकसहित नगरपालिकाको विपद व्यवस्थापन कोषबाट रू १० लाख गरेर कुल रु. २० लाख ७५ हजार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषका लागि संकलन गरिएको हो ।

उक्त सहयोग रकमको चेक आज माई नगरपालिकाका नगर प्रमुख खम्बा सिं लिम्बु र प्रमुख प्रशासकीय अधिकृत विनिता सुवेदीले संयुक्त रूपमा इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई हस्तान्तरण गर्नुभएको छ । सो सहयोग रकम जिल्ला प्रशासन कार्यालय इलाममार्फत कोषमा जम्मा गरिएको हो ।

शेयर गर्नुहोस :

0
Shares