बुट्टाबारी । स्वच्छ समाजका लागि सामाजिक अभियान झापाले दृष्टिबिहिन तथा अतिबिपन्न दुई सय पाँच घरपरिवारहरुलाइ खाद्यान्न बितरण गरेको छ ।
विभिन्न बजार चोकहरुमा मीठो गित सुनाएर संकलन गरि आएको रकमले आफ्नो परिवारको गुजारा गर्दै आएता पनि हाल पूर्व–पश्चिम एसियन हाइवे निर्माण भइरहेको अवस्थाले दृष्टिबिहिन तथा अतिबिपन्न परिवारको चुलो जल्न बन्द हुने अवस्थालाई राहत होस भन्दै खाद्यन्न वितरण गरिएको बताइएको छ ।

अभियानका अभियान्त गणेश ढुंगानाले प्रत्येक बर्षझै एक्लै देश बिदेशमा रहिरहेका विभिन्न सहयोगि मनहरु सहयोगी दाताबाट संकलित करिब सात लाख रुपैयाँ बराबरको चामल खानेतेल र दाल झापाका १५ ओटै स्थानीय तहका दुई सय ५ घरपरिवारलाई बितरण गरिएको बताए ।
आफ्नो थोत्रो सिटि फोहोर बोक्ने बोरा मैलो पहिरन जसलाई आफ्नो लाइसेन्स अथवा परिचय बनाएका ढुङ्गानाले खाद्यान्न जोहो गर्न करिब एक महिनादेखि सकलनमा जुटेका थिए । हाल इजरायल निवासी सुसिला थापा मेचिनगरबाट ३० बोरा चामल, अरुण डागी हाल अमेरिकाबाट ३० बोरा चामल, शिक्षासेवी जयनारायण डुङ्गानाले ३० बोरा चामल लगायत बिर्तामोड तथा विभिन्न स्थानका लब्धप्रतिष्टित तथा जग्गा दाता, ब्यवसायीहरुबाट सकलित खाद्यान्न प्रदान गर्ने सम्पूर्णमा ढुंगानाले धन्यवाद व्यक्त गरेका थिए ।
हाल दृष्टिबिहिनहरुलाइ बस्ने आवास निर्माणका लागि मनकारी सहयोगीहरुको सहयोग तथा टुटेफुटेका सिसा, पÞmोहोर प्लास्टिक आदि संकलन गरि बिक्री गरि आएको रकम सकलन गरि अर्जुनधारा नगरपालिका–११ मा दुई कठ्ठा सात धुर जमिन सस्थाको नाममा खरिद गरि घर निर्माणमा जुटदै गरेको समेत अभियन्ता ढुंगानाले बताए ।








प्रतिक्रिया