बैशाख १७, २०८१ सोमबार

नेकपाका झापा जिल्ला सदस्यद्वारा कृषि अनुदानमा घोटला

बिर्तामोड । चैते धानको लागि आएको अनुदान घोटलामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) झापाका जिल्ला सदस्य किना राजवंशी संलग्न भएको खुलासा भएको छ । कृषक समूहहरुले अनुदानको रकम वितरण नगरेपछि अनुदान घोटला प्रकरण बाहिर आएको छ ।


गौरीगञ्ज –२ मा रहेको ४ वटा कृषक समूहलाई कृषि ज्ञान केन्द्र झापाले १९ लाख २० हजार ३ सय रुपैयाँ अनुदान दिएको थियो । कनकाई विपत कृषक समूह , माङसावा कृषक समूह, तुलाचन कृषक समूह र ठेकिटोला कृषक समूहलाई दिएको अनुदान वितरण नगरेपछि किसानले सो रकमका बारेमा खोजी गरेका थिए ।


गौरीगञ्ज–२ कोरोवारीका सयौं किसानले वडा कायालय घेराउन समेत गरेका थिए । केहि दिनअघि वडा कार्यालयमा भएको छलफलमा माङसावा कृषक समूहका अध्यक्ष किरण राईले अनुदान वापत आएको रकमबाट किना राजवंशीले दूई पटकमा ४ लाख रुपैयाँ लगेको जानकारी दिए । राईले वडामा विवाद भएपछि गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, वडाध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि लगायत किसानको अगाडि सो जानकारी दिउका हुन् ।


कृषि अनुदान ल्याउनका लागि सहयोग गरे वापत राजवंशीले सो रकम बुझेको राईले जानकारी दिएका छन् । अन्य कृषक समूहले समेत हालसम्म अनुदान वितरण गरेका छैनन् । कनकाईका सचिव अरुण राजवंशी वडासदस्य समेत हुन् । उनले किसानको किर्ते हस्ताक्षर गरेर अनुदान रकम अपचलन गरेको सूचना बाहिर आएको छ । किना र अरुणको समन्वयमा अनुदानको सबै रकम किसानसम्म पु¥याउन नदिने योजना बनाएको बुझिन्छ ।


चैतेधानका लागि आएको अनुदान बजेट असार १५ भन्दा अगाडि कृषक समूहको खातामा जम्मा भएको थियो । सो अनुदानका लागि किसानको नक्कली कागजात र विवरण भरेर परफारक गरिएको प्रमाण फेला परेको छ । स्थानीय किसानका अनुसार मृकत र जमिन विहीन नागरिकको नाममा अनुदान रकम निकासा गरेको पाइएको छ ।

प्रकाशित मिति : श्रावण ३०, २०७६ बिहीबार  ५ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]