बैशाख ७, २०८१ शुक्रबार

सम्पादकीय : नेकपा झापाको ध्यानाकर्षण होस्

झापाको गौरीगञ्जमा कृषि अनुदान घोटला भएको खवर सार्वजनिक भइसकेको छ । इजलासले निरन्तर रुपमा कृषि अनुदान रकमको घोटलाबारे समाचार सामग्री प्रकाशन समेत गर्दै आएको छ ।

कृषि ज्ञान केन्द्र झापाले कृषक समूह मार्फत ३ सय ३५ जना किसानको लागि अनुदान रकम दिइसकेको छ । चैते धानका लागि ज्ञान केन्द्रले हरेक किसानका लागि ६ हजार ६ सय ६६ रुपैयाँका दरले अनुदान दिएको हो । किसानले अनुदान वापतको रकम पाइनसके पनि सामाजिक व्यक्तित्वका नाममा माफियाको काम गनेर्ले बुझिसकेका छन् ।

गौरीगञ्ज –२ कोरोवारीमा तिन ४ वटा कृषक समूहलाई दिइएको कृषि अनुदान समूहले वितरण गरेनन् । बरु, नेतालाई दिए । सोहि क्षेत्र बसोवास गर्ने नेपाल कम्यूनिष्ट पार्टीका झापा जिल्ला सदस्य किना राजवंशीले अनुदानमा आएको बजेटबाट २ पटक गरेर ४ लाख रुपैयाँ लिएको सार्वजनिक भइसकेको छ । उनी सो क्षेत्रमा यस्तै काम गर्दै राजनीति समेत गरिरहेका छन् ।

उनले यसअघि पनि प्रधानमन्त्री कृषि पकेट क्षेत्र कार्यक्रमको नाममा ६ लाख अनियमितता गरेको आरोप पनि छ । गाउँमा किसानले चलाइरहेको पानी तान्ने मोटरको तस्वीर देखाएर, वितरण गरेको कागजात मिलाएर लाखौं रुपैयाँ अनियमितता गरेको चर्चा पुरानो भएको छैन । उनै राजवंशीको विशेष सहयोगका कारण अनुदान रकम वितरण नगरेको प्रमाण फेला परेको छ ।

किना राजवंशीले सो अनुदान ल्याउन मद्दत गरेका थिए । यतिसम्म कि कागजात र हस्ताक्षर नै नक्कली पेश गरेर रकम फरफारक गरिएको कागजात बाहिर आइसकेको छ । विभिन्न समयमा आर्थिक अनियमितता गरेका उनलाई नैतिकताको ख्याल रहेनछ । पूर्व माओवादी समेत रहेका राजवंशीले अर्का वडाध्यक्ष अरुण राजवंशीलाई पनि अनुदान घोटलामा संलग्न गराएका छन् ।

उनी पनि नेकपामै आवद्ध छन् । सरकारमा रहेको पार्टी , जसको देशमा दुई तिहाई छ । उसै पार्टीको कार्यकर्ता गाउँगाउँमा किसानको लागि आएको बजेट खाइरहेका छन् । पार्टीले बोलेको छैन । यसले पार्टी त्यस्ता कार्यकर्तालाई संरक्षण गरिरहेको स्पष्ट हुन्छ । नत्र, कारवाही गर्नुपर्छ । यसरी समृद्ध नेपालको सपना पुरा हुन सक्दैन । जिल्लाको नेतृत्वले घटनामा ध्यान पु¥याओस् ।

प्रकाशित मिति : श्रावण ३२, २०७६ शनिबार  ९ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]