बिर्तामोड । एनआइसी एशिया बैंक आजदेखि २५ औं वर्षमा प्रवेश गरेको छ । २५ वर्षअघि आजकै दिन सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने दृढ संकल्पका साथ सुरू भएको बैंकले देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै रजत जयन्ती मनाउन गइरहेका बैंकले जनाएको छ । यस दौरानमा बैंकप्रति अनवरत रुपमा अगाध स्नेह एवं भरोसा…