नेप्से परिसूचकमा ५४ अङ्कको वृद्धि, कारोबार रकम आठ अर्ब माथि

काठमाडौँ, २ माघ : यो महिना बैंकहरुले कर्जाको ब्याजदर थप घटाएसँगै शेयर बजारमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५४ दशमलव ५४ अङ्क अर्थात् दुई दशमलव ५७ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव १७ को विन्दुमा कायम भएको छ । आज तीन सय चार कम्पनीको दुई…