बिर्तामोड । झापा गोल्डकपको फाइनल खेल सोमबार त्रिभुवन आर्मी फुटबल क्लब र झापा–११ बीच हुँदैछ ।बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेलमा दुवैले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन् । झापाले सेमिफाइनलमा संकटालाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने आर्मीले सेमिफाइनलमा सातदोबाटोलाई हराएको थियो । आइतबार बिर्तामोडस्थित होटल दि किङ्सबरीमा भएको प्रि म्याच कन्पे्रmन्समा दुवै टोलीले जित्ने…