ट्रिनबागो नाइट राइडर्सले अपराजित रहँदै क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेटको उपाधि जितेको छ । बिहीबार ट्रिनिडाड एण्ड टोबागोमा भएको फाइनलमा ट्रिनबागोले सेन्ट लुसिया जुक्सलाई ८ विकेटले सहजै पराजित गर्दै उपाधि उचालेको हो । ट्रिनबागोले लिग चरणदेखि फाइनलसम्म खेलेको १२ वटै खेल जित्दै अपराजित रहेर प्रतियोगता सकाएको हो । सीपीएलको सर्वाधिक सफल टोली ट्रिनबागोले समग्रमा…