एल क्लासिको : कसले मार्ला बाजी ?

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्त आज (शनिबार) हुँदैछ । सिजनको पहिलो एल क्लासिको भिडन्तमा बार्सिलोनाले घरेलु मैदानमा रियल मड्रिडलाई आथित्यमा प्रदान गर्दैछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति ७ :४५ बजे सुरु हुनेछ । क्याम्प नाउमा दुबै टिम सिजनको पहिलो एल क्लासिको आफ्नो बनाउने लक्ष्यमा हुने छन् ।…