बिर्तामोड । वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि न्युटन्स मावि बि टिमले जितेको छ । सोमबार भएको प्रतियोगितामा न्युटन्स बिले न्युटन्स एलाई पराजित गर्दै उपाधि चुमेको हो । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा ५ नम्बर वडाका चार टिम सहभागी रहेको समिति सचिव विशाल अग्रवालले जानकारी दिए ।…