झापा क्रिकेट संघमा प्रविन

अनिल वाग्ले बुधबारे । झापा जिल्ला क्रिकेट संघको अध्यक्षमा प्रविन थापा सर्वसम्मत चयन भएका छन् । शुक्रबार मेचीनगरको हात्ती रिर्सोटमा भएको विशेष साधारण सभामा थापा अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा विरु श्रेष्ठ, सचिवमा लाक्पा लामा र कोषाध्यक्षमा सचिन सुब्बा चयन भएका छन् । १५ सदस्यीय समितिको सदस्यहरुमा नारद नेपाल, मनोज कट्वाल, कञ्चन उप्रेती,…