एजेन्सी । विश्वकप क्रिकेटमा अपराजित रहँदै न्युजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बर्मिनघममा बुधबार दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । वर्षाले प्रभावित हुँदा ४९ ओभरमा झारिएको खेलमा दक्षिण अफ्रिकाले दिएको २४२ रनको मध्यम लक्ष्य न्युजिल्याण्डले ४८ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।…