बिर्तामोड । नेपालमै पहिलोपटक झापाको भद्रपुरमा हुनलागेको अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता हक्कीको उर्वर भूमि मानिएको भद्रपुरको पुहाँतुबारीमा हुनेछ । प्रतियोगिताका लागि पुहाँतु जनज्योति माविको खेल मैदानको स्तरोन्नति गरिएको छ । झाररहित मैदानलाई रोलर लगाएर कसिलो बनाउने काम भइरहेको हक्की प्रशिक्षक दिपक खतिवडाले जानकारी दिए । प्रतियोगितामा भारतका तीन, बंगलादेशको…