झापा । उपाधिको दाबेदार टोली बिर्तामोड भेट्रान्स अर्जुनधारामा जारी प्रथम सालबारी-मिलडाँडा नकआउट पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडले मेची भेट्रान्स काँकडभिट्टालाई ३-१ गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सेमिफाइनलमा बिर्तामोडले आयोजक सालबारी मिलडाँडा भेट्रान्सको सामना गर्नेछ । बिर्तामोडको जितमा कप्तान भुपेन लिम्बूले ह्याट्रिक पूरा गरे । खेलको १५औँ मिनेटमा कर्नरबाट…