कर्णाली सहकारी बिर्तामोडका सचिव र तत्कालिन लेखा संयोजकलाई तत्काल निलम्बन गर्न माग

बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुले संस्थाका सचिव भुपाल बस्नेत र तत्कालिन लेखा समिति संयोजक राम कुमार गौतमलाई यथाशिघ्र निलम्बन गर्न माग गरेका छन् । उनीहरुले संस्थाको जिम्मेवार ठाउँमा बसेर आर्थिक अनुशासन पालना नगरेको आरोप लगाउदै पुस ५ गते छानविनसहित कारबाहीका लागि सञ्चालक समितिलाई निवेदन दिएका छन्…