झापा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालका लागि जयनारायण शाह र उपाध्यक्षमा अञ्जुदेवी थपलियाले जीत हासिल गर्नुभएको हो । शाहले ६ हजार ७९८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गौरीशङ्कर राजवंशीले चार हजार ३६५ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा निर्वाचित…