विर्तामोड १८ माघ । समुदायमा कांग्रेस अभियानका लागि झापाका १३१ वटै वडामा खटिएका जिल्ला प्रतिनिधिहरुका लागि एकदिने अभिमुखीकरण कार्यक्रम आज जिल्ला पार्टी कार्यालय विर्तामोडमा सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाको आयोजनामा जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधिहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं अभियानका लागि झापा प्रतिनिधि मधु आचार्यले सहजीकरण गर्नुभयो ।…