बिर्तामोडका ३० हजार बालबालिकाले लगाए दादुरा रुवेला विरुद्धको खोप

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा फागुन २० गतेदेखि सञ्चालन भएको दादुरा रुवेला विरुद्धको खोप अभियान आजबाट सकिदैछ । अभियान सुरु भएदेखि चैत १ गतेसम्म ३० हजार ७ सय बालबालिकाले खोप लगाएका छन् । बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका ३७ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको थियो । बिर्तामोड नगर अस्पतालका जनस्वास्थ्य निरीक्षक गणेश रिजालले अभियानकै क्रममा…