बिर्तामोडमा सरकार विरुद्ध अनेरास्ववियुको प्रदर्शन

बिर्तामोड । अनेरास्ववियुका बिद्यार्थीहरुले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन् । अनेरास्ववियु विर्तामोड नगर कमिटीले आज साँझ झापाको बिर्तामोडस्थित मुक्तिचोकमा विरोध प्रदर्शन गर्दै राजीनामा मागेका हुन् । शुक्रबार काठमाण्डौंमा दुई युवा प्रहरीद्वारा मारिएको विरोधमा अनेरास्ववियु बिर्तामोड नगर कमिटीले विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री प्रचण्ड तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको जिल्ला इञ्चार्ज रोशन लामाले जानकारी दिए…