बिर्तामोड, २७ पुस । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा व्यवसायी राजकुमार घिमिरे (राजु) उम्मेदवार बन्ने निश्चित भएको छ । घिमिरेले संघको वरिष्ठ उपाध्यक्षमा स्वतन्त्र रुपमा उम्मेदवारी दिने मनसाय बनाएको बताउनु भयो । उहाँ हाल संघको वाणिज्य उपाध्यक्ष हुनुहुन्छ । वाणिज्य संघ कुनै पनि पार्टीको राजनीति गर्ने थलो नभई व्यवसायीको हितमा काम गर्ने संस्था हुनुपर्नेमा…