बिर्तामोड । कन्काई हस्पिटल सञ्चालक समितिको अधिवेसनबाट युवराज डाँगी आगामी तीन कार्यकालका लागि अध्यक्षमा चयन भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न भएको हस्पिटलको १७ औं साधारणसभाबाट डाँगी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । हस्पिटलको बिधानमा हरेक तीन बर्षमा सञ्चालकमध्येबाट एकजना अध्यक्ष हुने प्रावधान रहेको छ । सोही प्रावधान बमोजिम डाँगी अध्यक्षमा चयन भएका हुन् ।…