बिर्तामोड । झापाको बिरिङ खोलामा शुक्रवार तीन जना व्यक्तिहरु माछा मार्नलाई धमाधम जाल हान्दै थिए । दिउँसो तिर भेटिएका उनीहरुलाई माछा जालमा पार्ने बाहेक अन्य ध्यान थिएन । तर, छोटो कुराकानीका क्रममा उनीहरुले आफुहरु माझी नभएको बताए । पूर्वपश्चिम लोकमार्गस्थित विरिङ पुल उत्तर भागमा अहिले छठ पर्वका लागि धमाधम घाट निर्माणको काम भइरहेको छ ।…