बिर्तामोड । बिर्तामोडमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु भएको छ । बिर्तामोड नगरपालिकाले विगत वर्षहरुमा जस्तै यसवर्ष पनि बिहीवारदेखि बन्ध्याकरण शिविर सुरु गरेको हो । चार दिनसम्म सञ्चालन हुने शिविरमा नगरपालिका क्षेत्रभित्रका सबै वडाबाट सामुदायिक कुकुर समातेर ल्याउने र बन्ध्याकरणसंगै रेबिज विरुद्वको भ्याक्सिन तथा आवश्यकता अनुसार अन्य औषधी उपचार गरेर छोडिने पशुपंक्षी तथा मत्स्य विकास…