झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सामाजिक र आर्थिक रूपमा झापालाई सबल र सक्षम बनाउन अन्तर्राष्ट्रिय झापाली समाजले देखाएको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । आइतबार बिर्तामोडमा आयोजित अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले लगानी भित्र्याउन आवश्यक पर्ने कानुन निर्माण गर्दै सँगै हिँड्न प्रदेश सरकार…