तराईमा हुस्सु अपराह्नसम्म रहने

काठमाडौँ । देशका तराईका अधिकांश स्थानहरुमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहानको समयमा देशका तराईका अधिकांश स्थानहरुमा हुस्सु लागेको हो । हुस्सु अपराह्नसम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको विभागले जनाएको छ । हुस्सुको कारणले सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने सम्भावना रहेको विभागले बताएको छ । यस्तै…