बिर्तामोड । झापाको हल्दिवारी गाउँपालिकासँग सम्झौता नगरी व्यवसायीले अवैध रुपमा नदीजन्य सामग्री उत्खनन् गरेको भन्दै स्थानीयबासिन्दाले विरोध जनाएका छन् । हल्दिवारीको सो घटनापछि सामाजिक सञ्जालमा समेत व्यापक विरोध भइरहेको छ । स्थानीय देउनियाँ खोलाबाट व्यवसायीले अवैध रुपमा उत्खनन गरिएको गिटीको प्रति ट्याक्टर ७ सय र पुरुवाको ६ सय रुपैयाँ उठाइरहेको प्रमाण फेला परेको छ ।…