अर्जुनधारा । अर्जुनधाराका कृषकले दूध र तरकारीको मुल्य नपाएको गुनासो गर्दै सरकारलाई तत्काल बजार अनुगमनका लागि आग्रह गरेका छन् । विचौलियका कारण उचित मुल्य नपाएको गुनासो किसानले सरोकारवाला कार्यालयहरुलाई पठाएका हुन् । गाउँमा दूध प्रतिलिटर ५०/५५ रुपैयाँमा बेच्न बाध्य हुनुपरेको विषय कृषि मन्त्रालयसम्म किसानले जानकारी गराएका छन् । उपभोक्ताले त्यही दूध बजारमा १००/१२० रुपैयाँसम्म तिर्नुपर्ने…