शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा ‘स्मार्ट विद्यालय’ अवधारणालाई प्रभावकारी बनाउने उद्देश्यका साथ सुर्योदय आधारभूत विद्यालयलाई २३ लाख ५० हजार रुपैयाँ बराबरको इलेक्ट्रोनिक भ्यान (ई–भ्यान) प्रदान गरेको छ । नगरपालिकाको परिसरमा आयोजित कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की र प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाङफेले संयुक्त रुपमा वडा नं. ५…