झापा । सञ्चारकर्मी तथा साहित्यकार लीला अनमोललाई यस वर्षको ‘मनोजबाबु (लक्ष्मीप्रसाद) ओली साहित्य पुरस्कार तथा सम्मान’ प्रदान गरिएको छ । २१३औँ भानु जयन्तीको अवसरमा कनकाई प्रतिभा प्रतिष्ठान, सुरुङ्गाले आयोजना गरेको कार्यक्रममा अनमोललाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । प्रतिष्ठानका उपाध्यक्ष डा. पुण्यप्रसाद सिग्देलको अध्यक्षता तथा वरिष्ठ कवि एवम् गजलकार केशव आचार्यको प्रमुख आतिथ्यमा…