ताप्लेजुङ । अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि पूर्वी पहाडी क्षेत्रका किसान उत्साही भएका छन् । तीन वर्षअघि प्रतिकिलो रू ३५ का दरले मुस्किलले बिक्री गर्नुभएका ताप्लेजुङको खेवाङका नेत्र आचार्यले गत वर्ष प्रतिकेजी रू एक सय २० मा बिक्री गर्नुभयो । यो वर्ष पनि त्यही मूल्यमा खरिद भइरहेकाले थप मूल्य बढ्नसक्ने किसानले अनुमान गरेका छन् ।…