बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीले लागुऔषध नियन्त्रणलाई मुख्य प्राथमिकतमा राख्ने बताएका छन् । आज बिर्तामोडस्थित इप्रकामा पत्रकार भेटघाट गर्दै उनले सबै जसो अपराधिक घटनामा लागुऔषधको सम्बन्ध हुने गरेको बताए । गत शुक्रवारबाट बिर्तामोड इप्रकामा प्रमुखको जिम्मेवारी सम्हाल्न आएका कार्कीले लागुऔषधको कारोबारलाई नियन्त्रण गर्दै चोरीजन्य घटना न्यूनिकरणमा प्रभावकारी अभियान सञ्चालन गर्ने जानकारी…