तरकारी खेतीले फेरिएको जिन्दगी

सुन्दरहरैँचा । मोरङ सुन्दरहरैँचा नगरपालिका–११ स्थित शुक्रबारेका कृषक मोहनलाल श्रेष्ठले २५ वर्षदेखि निरन्तररूपमा व्यावसायिक तरकारी खेतीमा सक्रिय रहेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । पाँच दशकअघि सामान्य किसान परिवारमा जन्मनुभएका मोहनलालले न्यू दीपा कृषि फार्म दर्ता गरेर व्यावसायिकरुपमा कृषि पेसा अपनाउनुभएको हो । उहाँले कृषि विकास बैंकबाट रु ६० हजार ऋण गरी तरकारी खेती…