गोमेन्द्रमा एमबीए र एमसीए–आइटी कक्षा सञ्चालन

बिर्तामोड । झापाको बिर्तामोेडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयले आगामी शैक्षिक सत्रदेखि पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतको एमबीए र एमसीए–आइटीको कक्षा सञ्चालन गर्ने भएको छ । गोमेन्द्रले एमबीए र एमसीए-आइटीको अध्यापनको अनुमति पूर्वाञ्चल विश्वविद्यालयले दिएपछि कार्यक्रम सुरु गर्न लागिएको जनाएको छ । शैक्षिक सत्र २०७९-०८० देखि नै यी दुवै विषयको पठनपाठन हुने बताइएको छ । कलेजका प्राचार्य डा. रुपक खनालले…