मूख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेश गर्दै

विराटनगर – प्रदेश नं १ को मूख्यमन्त्रीका लागि दाबी पेश गर्ने आज अन्तिम दिन हो । प्रदेश प्रमुख पर्शुराम खापुङले हप्तादिन अघि दिएको समयसिमा आज पाँच बजे सकिदैछ । मूख्यमन्त्रीका रुपमा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रदेशसभा दलका नेता हिक्मत कार्कीले आज बहुमत प्रदेशसभाका सदस्य सहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी गर्नु भएको छ…