बिर्तामोड । बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९ः६ मा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो । बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ । उक्त विमान…