अस्तव्यस्त काँकरभिट्टा बसपार्क व्यवस्थापन गर्दै मेचीनगर

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले काँकरभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धी पहल सुरू गरेको छ । नेपालको पूर्वी प्रवेशद्वारसँगै रहेको काँकरभिट्टा बसपार्क विगत केही बर्षयता अस्तव्यस्त बनिरहेको छ । बसपार्क अस्तव्यस्त हुँदा सर्वसाधारणले सास्ती व्यहोर्न बाध्य भइरहेको भन्दै त्यसको समाधानका लागि नगरपालिकाले पहल थालेको मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । शनिबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा उपप्रमुख…