विर्तामोडको करोडौं पर्ने जमिन नक्कली जग्गाधनी बनेर बेचेको खुलासा, आठ जना पक्राउ

पार्थ मण्डल झापा - जग्गाधनीको मृत्यु भएको एक वर्ष दुई महिना ४ दिनपछि नक्कली जग्गाधनी बनेर करोडौँ मूल्य पर्ने जमिन अर्को व्यक्तिको नाममा नामसारी भएको एउटा घटना झापामा बाहिरिएको छ। घटना हो– साबिक चारपाने गाविस–१ हाल बिर्तामोड नगरपालिका–१ अदुवा पुलस्थित पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको जमिनको।  बिर्तामोडका समाजसेवी तथा चर्चित व्यक्तित्व टुंङगबहादुर बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३…