विर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा आउदैछन् । गृह जिल्लाका दुई कार्यक्रम र मोरङको एक कार्यक्रममा सहभागी भई प्रधानमन्त्री ओली काठमाडौं फर्किने नेकपा झापाका नेता शिव ढुङ्गेलले जानकारी दिए । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओली काठमाडौंबाट यति एयरलाइन्सको दोस्रो फ्लाइटबाट भद्रपुर ओर्लनेछन् । गृह जिल्लामा पहिलो कार्यक्रम विर्तामोड नगरपालिकाले वडा नं. ७ मा…