विर्तामोड । विर्तामोड उधोग वाणिज्य संघको पद हस्तान्तरणको विषयलाई लिएर विवाद शुरु भएको छ । लोकतान्त्रिक व्यवसायी प्यानलको निर्वाचन परिचालन समितिले सूचना सार्वजनिक गरेर चैत ६ गतेलाई पद हस्तान्तरणका लागि आव्हान गरेपछि चौतर्फी विरोध शुरु भएको हो । नवनिर्वाचित समितिलाई कुमार भट्टराई अध्यक्ष रहेको अघिल्लो समितिले बकैदा बैठकबाट निर्णय गरेर पद हस्तान्तरण कार्यक्रम आयोजना गर्नुपर्ने…