अयोध्याधाम बनाउन राम र सीताको मूर्ति तयार, स्थानीय तयारीमा जुटे

भरतपुर । माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान राम र सीताको मूर्ति तयार भएको छ । चितवनबाट प्रधानमन्त्रीसँग भेटघाटका लागि प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका माडी निवासी नेकपा चितवनका सल्लाहकार श्याम विष्टले राम र सीताको मूर्ति तयार भएर बालुवाटार प्रधानमन्त्रीको सचिवालयमा राखिएको बताउनुभयो । उहाँले हनुमान र लक्ष्मणको बन्दै गरेको जानकारी दिनुभयो…