बिर्तामोड

विकास गिरीलाई नेसनल भोलेन्टियर फोर्स झापाको संयोजकको जिम्मेवारी

विकास गिरीलाई नेसनल भोलेन्टियर फोर्स झापाको संयोजकको जिम्मेवारी


बिर्तामोड । नेसनल भोलेन्टियर फोर्स झापाको संयोजकको जिम्मेवारी बिर्तामोडका विकास गिरीले पाएका छन् । शुक्रवार नेसनल भोलेन्टियर फोर्सको केन्द्रीय संगठन घोषणा गरिएको थियो ।

नेकपा एमालेले शान्ति सुरक्षाको लागि पार्टीभित्र २४ औं जनवर्गीय संगठनको रुपमा नेसनल भोलेन्टियर फोर्स गठन गरेको हो । झापाका संयोजक गिरीले पहिलो चरणमा जिल्लास्तरीय संरचना बनाउने र केन्द्रीय सर्लुलर बमोजिक बाँकी संरचना विस्तार गरिने जानकारी दिए ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले राज्यले मात्रै देशमा शान्ति सुरक्षा कायम गर्न नसक्ने भएपछि नेसनल भोलेन्टियर फोर्स गठन गरेको बताएका छन् ।

फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै शुक्रवार राष्ट्र हितको लागि काम गर्ने बताए । उनले भने, ‘यो राष्ट्रिय हितका लागि गठन भएको हो । एमालेसँग असहमति राख्ने अथवा यो संगठनसँग असहमति गर्नेका लागि पनि जिउधनको रक्षा गर्ने कामको लागि यो गठन भएको हो । यसको गठन र विकाससँग कोही पनि आत्तिनुपर्दैन, तर्सिनुपर्दैन । यो देशमा शान्ति सुरक्षाको लागि गठन गरिएको हो ।’

राज्य संयन्त्रले मात्रै जनताको जिउधनको रक्षा गर्न नसकेको आफूहरूले भोगेको बताए ।

शेयर गर्नुहोस :

21.7k
Shares